पुरुषहरुको संख्या कम भएपछि युवतीहरु तनावमा, बहुबिहे बाध्यता बन्दै

२६ पौष २०७५
banner

एजेन्सी । नेपालमा अहिले बहु विवाहको कुरा जल्दोबल्दो रुपमा उठिरहेको छ । हुन त राजा–महाराजाको जमानामा प्रत्येक राजाका दुई वा तीन रानी हुने गर्दथे । त्यतिबेला सबै राजा आफ्नो मर्जीअनुसार विवाह गर्दथे ।

सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै मर्जीले गर्छन् तर अचम्मको कुरा के छ भने एउटा देश यस्तो पनि छ जहाँ पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरुलाई यसका लागि बाध्य बनाइन्छ ।

अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ ।

यदि कुनै पुरुषले दुईवटा श्रीमती नराखे उनीहरुविरुद्ध कडा कारवाही पनि हुनसक्छ जसअनुसार उनीहरु जेलसमेत जानुपर्ने हुन्छ । यस्तो अचम्मको कानून लागू गर्न कारण पनि छ ।

इरिट्रियामा महिलाको संख्याको तुलनामा पुरुषको संख्या सबैभन्दा कम छ । यसको मुख्य कारण सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा भएको युद्धका कारण हो । उक्त युद्धमा एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो ।

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll