फ्लाईओभर ब्रिज भत्किँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते

३० फाल्गुन २०७५
banner

नयाँ दिल्ली (एजेन्सी) । भारतको मुम्बईमा बिहीबार एक फ्लाईओभर ब्रिज भत्किँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । 

मुम्बइको छत्रपति शिभाजी महाराज स्टेशन नजिकै सो ब्रिज भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुम्बई प्रहरीका अनुसार घटनामा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । 

पुल भत्किएर सडकमा खस्दा कैयौं मानिसहरु त्यसमा दबेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाका कारण त्यहाँ ट्राफिक समस्या पनि उत्पन्न भएको जनाइएको छ । सडकमा कैयौं सवारी साधानमा क्षति पुगेको छ ।

घाइतेहरुलाई अस्पताल लगिएको छ । घाइते केहीको अवस्था नाजुक रहेको जाइएको छ । 

यो पुल बम्बे मेट्रोपोलियन सिटी (बीएमसी)को कार्यालयबाट ५०० मिटरको दुरीमा रहेको छ । घटनास्थल नजिकै टाइम्स अफ इण्डियाको भवन, मुम्बई प्रहरीको मुख्यालय र एक अस्पताल रहेको छ । 

यसअघि २९ सेप्टेम्बर २०१७ मा पनि मुम्बईमा रेलवे स्टेशनमा एक ओभर ब्रिज भत्किँदा २३ जनाको मृत्यु भएको हो । 

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l