माईभ्याली गोल्डकपको सेमिफाइनलमा क्यामरुन

३० फाल्गुन २०७५
banner

फिक्कल । दाउफिन्स फुटबल क्लब क्यामरुन इलाममा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

ठूलो टुँडिखेलमा आज भएको खेलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । 

खेलको १४औँ मिनेटमा क्यामरुनका तर्फबाट मेस्सोभ्केले गोल गरेका थिए । खेलको २०औँ मिनेटमा क्यामरुनकै पेट्न्गाले दोस्रो गोल गरेका थिए । पेट्न्गाले नै दोस्रो हाफमा अर्को गोल गरे।

एपिएफका तर्फबाट सान्त्वना गोल खेलको ३५औँ मिनेटमा हरि कार्कीले गरेका थिए । ‘म्यान अफ दी म्याच’ क्यामरुनकै पेट्न्गा भए । उनले रु १० हजार र ट्रफी प्राप्त गरे।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll