म्याराथनमा पार्की प्रथम

२९ पौष २०७५
banner

चितवन । लायन्स क्लब अफ बागिश्वरीले आज यहाँ आयोजना गरेको २१ किलोमिटर मिनी म्याराथुन प्रतियोगितामा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की पहिलो भएका छन । 

उनले प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गरेका छन् । उनले २१ किमीको दूरी एक घण्टा ११ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन् । नेपाल आर्मीका कृष्ण बस्नेत दोस्रो भए । उनले रु २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । उनले एक घण्टा ११ मिनेट ५२ सेकेन्डमा दूरी पार गरेका हुन् । 

यसैगरी आर्मीका गजेन्द्र शाह तेस्रो, आर्मीकै होमलाल श्रेष्ठ चौथो, आर्मीकै कल्याण बानियाँ पाँचौ भए । उनीहरुले क्रमशः रु १५ हजार, रु सात हजार र रु पाँच हजार नगद प्राप्त गरेका छन् । क्लबका अध्यक्ष जीवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विजयीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुरस्कार र प्रमाणपत्र वितरण गरेकि थिइन। 

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |