महेश्वर पन्तको नयाँ कथा संग्रह “नवोल्नेहरू”को लोकार्पण

२९ फाल्गुन २०७५
banner

काठमाडौ । सर्जक महेश्वर पन्तको “नवोल्नेहरू” कथा सङग्रहको लोकार्पण भएको छ । अमेरिकालाई  कर्मभूमि वनाएका पन्तको नयाँ कथा संग्रह “नवोल्नेहरू”को मंगलबार काठमाडौको कमलादीस्थित सिडब्लु रेस्टुरेन्टमा कालीभक्त–कृष्ण पन्त स्मृति प्रतिष्ठानले आयोजना गरेको एक समारोहको बीच विमोचन गरिएको हो।

कालीभक्त–कृष्ण पन्त स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त स्रष्टा कालिभक्त पन्त अन्तराष्ट्रिय लोक साहित्यपुरस्कार २०७५ वितरण कार्यक्रममा वरिष्ठ लोक साहित्य , संस्कृतिविद् तथा मदन पुरस्कार  विजेता सत्यमोहन जोशी सम्मानित भएका छन् । जोशीलाई अन्तराष्ट्रिय लोक सहित्य पुरस्कार २०७५ बाट सम्मान गरिएको हो । उक्त पुरस्कारको धनराशी एकलाख एक हजार रहेको छ।

समारोहमा प्रमुख अतिथि तथा अतिथिहरू नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पार्थिवेश्वर तिमिल्सिना, प्रेमछोटा, किशोर पहाड़ी, राजकुमार वानिया, गोपीकृष्ण शर्मा, लेखक स्वयम् लगायतले सामूहिक रूपमा विमोचन गरेका थिए।

पन्तका यसअघि “हराएको मान्छे” गजल संग्रह, “ओझेल परेको जून” गीत संग्रह तथा “मुन्द्री “ कथा संग्रह प्रकाशित छन् । उनका “झझल्को”, “विर्सनेको यादमा” तथा “रक्तदान जीवनदान” गीति एल्वम प्रकाशित भएका थिए ।  उनी गायन तथा संगीतमा पनि संलग्न छन् ।

पुस्तक विमोचनपश्चात सो पुस्तकमाथि राजकुमार वानियाँ र किशोर पहाडीले समीक्षात्मक टिप्पणी गरेका थिए भने साहित्यकार गोविन्द गिरी प्रेरणा, पार्थिवेश्वर तिमिल्सिना तथा प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले पन्तलाई शुभकामना दिंदै देशवाहिर रहे पनि साहित्य सिर्जना गरेकोमा साहित्यिक लेखन तथा सकृयताको प्रशंसाÞ गरेका थिए ।

सोही अवसरमा सन २०१८ मा अमेरिकाको बोस्टनमा भएको अन्तराष्ट्रिय कविता महोत्सवका विजेताहरुलाइ प्रमाणपत्रको साथै नगद पुरस्कार प्रदान पनि गरिएको थियो।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |