नगरपालिकाले गर्यो ५ जना विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग

२६ अषाढ २०७६
banner

मोहन कुमार मल्ल

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका भित्रका विपन्न जेहेन्दार विद्यार्थीलाई राहत (सहयोग) स्वरुप छात्रावृद्घि प्रदान गरिएको छ। 

नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका भित्र बसोबास गर्ने अति विपन्न, पिछडिएका, एकल महिला, दलित समुदायका ५ जना विद्यार्थीलाई छात्रावृत्ति स्वरुप आर्थिक सहयोग गरेको हो।

जिल्लाको शिक्षा स्वास्थ्यको क्षेत्र नाजुक अवस्थामा रहेकाले त्यस्तो अवस्थाबाट जिल्लालाई माथि उठाउन र छायाँनाथ रारा नगरपालिकालाई शिक्षा, स्वास्थ्यमा पहुुँच बढाउन नगरपालिकाले छात्रावृत्ति कार्यक्रम ल्याएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए।

गत आर्थिक वर्ष २०७४÷७५ बाट छात्रावृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडी बढाईएको भन्दै मेयर शाहीले भने, ‘उच्च शिक्षा पढ्न नसक्ने नगरपालिका भित्र रहेका विपन्न दलित, गरिब, पिछडिएका समुदायका विद्यार्थी छनोट गरी नगरपालिकाले छात्रावृत्ति सहयोग गदै आएको छ।’

नगरपालिकाका अनुसार चालू आर्थिक वर्षमा पनि छात्रावृति कार्यक्रमलाई निरन्तता दिइ छात्रावद्घि सहयोग गदै आएको र यो वर्ष छात्रावृद्घि पाउने विद्यार्थी मध्ये २ जना बङ्गगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र ३ जना नेपालमा राम्रो विषय लिएर पढ्दै गरेका छन्।

उनीहरुको पढाई खर्चमा राहत स्वरुप अघिल्लो आगिल्लो वर्षमा ५ लाख र यो वर्ष ८ लाख रकम विनियोजित गरिएको मेयर शाहीले बताए।

विनियोजित रकम मध्य बङ्गगलादेशमा एमबिबिएस डेन्टल डाक्टर पढ्दै आएका छायाँनाथ रारा नगरपालिका ५ का देबिकृष्ण विकलाई ४ लाख, त्यस्तै बङ्गगलादेश मै एमबिबिएस पढ्दै गरेका छायाँनाथ रारा नगरपालिका १ का कामना मल्ललाई २ लाख र  जेलमा रहेर पनि पढ्ने ईच्छा व्यक्त गरेका नेपालगञ्ज बहुमुखी क्याम्पसमा बिबिएसमा अध्यनरत वडा नं ५ का  धर्मराज विकलाई ५० हजार, मध्यपश्चिम विश्व विद्यालयमा बिएससि तेस्रो वर्ष अध्ययनरत १३ नम्बर वडाका विक्रम खड्कालाई ५० हजार र वडा नं १३ कै मेघा कलेजमा अध्यनरत धमेन्द्र बिकलाई ५० हजार गरी ७ लाख ५० हजार छात्रावृत्ति रकम सहयोग गरिएको जनाएको छ।

नगरपालिकाले गर्यो ५ जना विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोगछात्रावृत्ति सहयोग रकमको चेक ग्रहण गदै बङ्गगलादेशमा एमबिबिएस पढ्दै गरेका देविकृष्ण विकका पिता काला नेपालीले आफूले  अर्काको घरको काम गरेर परिवार पाल्दै आएको र घर खर्च, छोरालाई पढाउन पनि दिनहुँ गिट्टी कुटेर कमाउदै पढाएको, डाक्टर पढाउन आफनो क्षमता थिएन। गत वर्षबाट नगरपालिकाले आफैं पढाएको छ यो मेरो छोरो होईन नगरपालिकाको छोरा हो भन्दै हात जोडेर आँसु झार्दै भने।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l