देशको नाम परिवर्तन गरिदिन मेसेडोनियाले गुहार्‍यो छिमेकि ग्रीसलाई

२९ पौष २०७५
banner

स्कोपी । मेसेडोनियाका प्रधानमन्त्री जोरान जाएभले आफ्नो देशको नयाँ नामलाई अनुमोदन गरिदिन शनिबार ग्रीसका अधिकारीहरूलाई आग्रह गरेका छन् । 

मेसेडोनियाको संसदले आफ्नो देशको नाम ‘द रिपब्लिक अफ नर्थ मेसेडोनिया’ राख्नेगरी शुक्रबार पास गरेको र यसको वैधानिकताका लागि छिमेकी मुलुक ग्रीसको स्वीकृति आवश्यक हुने भएकोले उनले ग्रीसका सरकारी तथा विपक्षी नेता तथा सांसदहरूसँग भेटी नयाँ नाममा समर्थन जनाउन आग्रह गरेका हुन्।

उनले ग्रीसको राजधानी एथेन्समा गरिउको एक पत्रकार सम्मेलनमा भने, “नामलाई अनुमोदन गर्न ग्रीक संसदको पनि समर्थन आवश्यक रहन्छ । हाम्रो संसदले नयाँ नामलाई अनुमोदन गरेको छ तर यो सहज भने छैन । मलाई विश्वास छ कि ग्रीक संसदले पनि निर्णयलाई सदर गरिदिनेछ ।” 
 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll