सर्लाहीमा पूर्व राजा शाहले पूजाअर्चना गर्दा 'राजा आउ देश बचाउ' नारा

३० फाल्गुन २०७५
banner

फाईल तस्विर

काठमाडौं । तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले सर्लाही सदरमुकाम मलङ्गवामा रहेको दुर्गा भगवती मन्दिरमा पूजाअर्चना गरेका छन।  पूर्वा राजा शाहले मलङ्गवा नगरपालिका–८, स्थित दुर्गा भगवती मन्दिरमा झण्डै १५ मिनेट पूजाअर्चना गरेका हुन ।

उनले मन्दिरभित्र पूजाअर्चना गरिरहँदा मन्दिर बाहिर उनका शुभेच्छुक, शुभचिन्तक तथा समर्थकले उनको जय–जयकार गरेका थिए । उनीहरुले राजा आउ जेश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय नजिकको सो मन्दिरमा पूजाअर्चनापछि केहीबेर पैदल हिँडेर जिविस चौकस्थित एक पार्टी प्यालेसमा आएर आफ्ना समर्थकसँग छोटो भेटघाट समेत गरेका थिए ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |