नारायणहिटी दरबार : १० वर्षमा करिब २६ करोड राजश्व संकलन

२८ पौष २०७५
banner

काठमाडौं । नेपालमा गणतन्त्रको स्थापनापछि नारायणहिटी दरबारलाई संग्रहालयको रुपमा सार्वजनिक गरियो।

२०६५ सालमा संग्रहालयका रुपमा घोषणा गरिएको थियो भने, २०६५ साल फागुन १६ गतेबाट सर्वसाधारणले अवलोकन गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको नारायणहिटी दरबार संग्रहालयले १० वर्षमा २५ करोड ८२ लाख ६५ हजार ५ रुपैयाँ राजश्व संकलन भएको छ।

२०६५ फागुन १६ गतेदेखि २०६६ असार मसान्तसम्ममा मात्रै नेपाली विद्यार्थी ९९ हजार २ सय २ जना, नेपाली सर्वसाधारण ६२ हजार ५४, सार्क मुलक तथा चीनका दर्शक ५ हजार १ सय ११ र अन्य मुलुकका ३ हजार ९२ गरी २ लाख ५९ हजार ४ सय ५९ जनाले अवलोकन गरेका थिए। जसमा पहिलो वर्षमै टिकट बिक्रीबाट १ करोड १० लाख १३ हजार १ सय ९० रुपैयाँको राजश्व संकलन भएको थियो भने पार्किङ्ग शुल्कबाट ५० हजार ७० गरी १ करोड १० लाख ६३ हजार २ सय ६० रुपैयाँ राजश्व संकलन गरिएको नारायणहिटी दरबार संग्रहालयकी शाखा अधिकृत ज्योति केसीले बताइन्।

त्यस्तै आर्थिक वर्ष २०६६/०६७ मा टिकट बिक्रीबाट २ करोड ४१ लाख ६१ हजार ३ सय ४० र पार्किङ्ग शुल्कबाट १ लाख ६९ हजार ५ सय ६० रुपैयाँ गरी २ करोड ४३ लाख ३० हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको थियो।

आर्थिक वर्ष २०६७/०६८ मा टिकट बिक्रीबाट २ करोड ४३ लाख ३१ हजार ३ सय १० र पार्किङ्ग शुल्कबाट १ लाख ६१ हजार ४ सय १५ गरी २ करोड ४४ लाख ९२ हजार ७ सय २५ रुपैयाँ उठेको थियो।

त्यस्तै आर्थिक वर्ष २०६८/०६९ मा २ लाख ८४ हजार २ सय ८९ जनाले अवलोकन गरेका थिए। जसमा राजश्व संकलन भएको थियो, टिकट बिक्रीबाट २ करोड ४८ लाख ५० हजार ४ सय ६० रुपैयाँ र पार्किङ्ग शुल्कबाट १ लाख ५८ हजार ३ सय ५० गरी २ करोड ५० लाख ८ हजार ८ सय १० रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो।

आर्थिक वर्ष २०६९/०७० मा टिकट बिक्रीबाट २ करोड ५३ लाख ९८ हजार ७० र पार्किङ्गबाट १ लाख ७६ हजार ४ सय ८५ गरी २ करोड ५५ लाख ७४ हजार ५ सय ५५ रुपैयाँ बराबरको राजश्व संकलन भएको शाखा अधिकृत केसीले बताइन्।

त्यस्तै आर्थिक वर्ष २०७०/०७१ मा २ करोड ८१ लाख ४ हजार ६ सय ९० रुपैयाँ टिकट बिक्रीबाट र १ लाख ७० हजार ६ सय ४५ रुपैयाँ गरी २ करोड ८२ लाख ७५ हजार ३ सय ३५ रुपैयाँ राजश्व संकलन भएको थियो।

आर्थिक वर्ष ०७१/०७२ मा २ करोड ३४ लाख ३८ हजार १ सय ९० रुपैयाँको टिकट विक्री भएको थियो भने पाकिङ्ग शुल्कबाट १ लाख ४८ हजार ३ सय ५० गरी २ करोड ३५ लाख ८६ हजार ५ सय ४० रुपैयाँ राजश्व उठेको छ।

त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा पनि १ करोड ९६ लाख ४५ हजार ३ सय ५० रुपैयाँको टिकट बिक्री भएको थियो भने १ लाख १५ हजार ५ सय ९० रुपैयाँ यातायात पार्किङ्ग गरी १ करोड ९७ लाख ६० हजार ९ सय ४० रुपैया राजश्व संकलन गरिएको थियो। त्यस्तै २०७३/०७४ मा २ करोड ८९ लाख ८६ हजार ३ सय ९० टिकट बिक्री र १ लाख ९७ हजार ८ सय ६५ पार्किङ्ग शुल्क गरी २ करोड ९१ लाख ८४ हजार २ सय ५५ रुपैयाँ राजश्व संकलन गरिएको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा ३ करोड २१ लाख ८० हजार ६ सय ९० रुपैयाँ टिकट बिक्रीबाट र पार्किङ्ग शुल्कबाट २ लाख २ हजार २ सय ४५ गरी ३ करोड २३ लाख ८२ हजार ९ सय ३५ रुपैंयाँ जम्मा गरिएको थियो।

त्यस्तै चालू आर्थिक वर्ष २०७५/०७६को पहिलो पाँच महिनामा १ करोड ४५ लाख ४ हजार ६ सय टिकट बिक्रीबाट र १ लाख १ सय ५० रुपैंयाँ पार्किङ्ग शुल्क गरी जम्मा १ करोड ४६ लाख ४ हजार ७ सय ५० रुपैयाँ राजश्व संकलन भएको शाखा अधिकृत केसीले जानकारी दिइन्।

नारायणहिटी दरबारमा संग्रहालय सुरु भएदेखि हालको अवधीसम्म १२ लाख ४६ हजार ६४ जना नेपाली विद्यार्थीले अवलोकन गरेका छन्। त्यस्तै १५ लाख १९ हजार नेपाली सर्वसाधारणले अवलोकन गरे भने १ लाख ७६ हजार ४ सय ३४ जना सार्क मुलुक तथा चीनका नागरिकले अवलोकन गरेका छन्।

त्यस्तै अन्य मुलुकका नागरिकले पनि दरबार संग्रहालय अवलोकन गरेका छन्। सर्वसाधारणलाई खुला गरेदेखि ७१ हजार ३ सय ६९ जना विदेशीले अवलोकन गरेको तथ्याङ्क संग्रहालयमा छ।

१० वर्षमा टिकट बिक्रीबाट २५ करोड ६६ लाख १४ हजार २ सय ८० रुपैयाँ र १६ लाख ५० हजार ७ सय २५ गरी २५ करोड ८२ लाख ६५ हजार ५ रुपैयाँ राजश्व संकलन भएको राजश्व संकलन गरिएको नारायणहिटी दरबार संग्रहालयकी शाखा अधिकृत ज्योति केसीले बताइन्।

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l