नयाँ संस्कारको जन्म वा नयाँ वर्गको उदय !

१८ कार्तिक २०७५

banner

रिधी (कल्पना) आचार्य के.सी.

काठमाडौं । समय वलवान छ भन्ने सुनेकी थिएँ र आज आएर आफैलाई यो कुराको मिठो अनुभुति भइरहेको छ । भरखरै नेपालीहरुको महान् चाड वडा दशै सकिएको छ ।

गलेकोे शरीरले केही सहजता महसुस गरिरहेको छ भन्दा भन्दै कता कता मेरो मनमा फेरी घर आंगनमा ढकमकाएको गोदावरी फुल र सयपत्री फुलले नेपालीहरुको अर्को ठुलो चाड तिहार लागेको संकेत गरी सकेको छ । दशै नेपालीहरुको महान चाड भएर पनि यस्को छुट्टै रौनक भएको पक्कै हो तर अझ यसमा दशैमा अझ वढि चर्चा त नेताहरुमा देखिएको राजसी संस्कारले अझ वढि चर्चा, परिचर्चा यत्रतत्र छरपष्ठ भएको अवस्था थियो ।

आजकालको बदलिदो परिवेश, प्रवीधीको वलियो उपस्थितिको कारणले हो या फेरी सर्वसाधारण देखि ठुला साना सवै ब्यक्ति समेत वढि सजग र सचेत भएको भएर हो खै कुन्नी जेहोस कति कुराहरु लुकाउन खोजिएको सत्य र देखाउन नखोजीएको यर्थाथतालाई पनि यिनै वलियो प्रविधीको उपस्थितिले गर्दा हरेकका फेसवुक पेज र हरेकका आँखा आँखामा पु¥याइदिन्छ ।

आखीर जनता निकै सचेत छन भन्ने यो वलियो उदाहरण बन्यो । यी सव यसै सन्दर्भमा जोड्न मन लागेको, शहरमा चर्चा, परिचर्चा चलेको नेताहरु बढि राजसी हुदै गइरहेको बिषय हो । समय पक्कै वलवान भएको यही प्रसंगले पूष्टि भएको छ । हिजोको समय थियो राणा शासन जुन समयमा राणाहरुले जनताको हक हित र अधिकारमा मोजमस्तिको होली खेलेकै थियो तर त्यो १०४ वर्ष पछि अन्त्य भएरै छाड्यो असत्य माथी सत्यको जीत थियो त्यो ।

त्यसपछिका पञ्चायत, शाह थुप्रै राजनीति परिवर्तन भए नेपालमा तर विडम्वना थुप्रै पटक राजनीतिक परिवर्तन भयो तर जनताले महसुश गर्ने कुनै किसिमका उपलब्धी भएको देख्न पाएनन् जनताले ।

मैले फ्रान्सको राज्य क्रान्तीको बारेमा केही लेख र सन्दर्भ पढ्दा भेटेको थिएँ त्यहाँ त्यस्ता घटना र राजनीतिक घटना घट्दा साच्चीकै ठूला ठूला परिवर्तन भएको कुरा फ्रान्सको राज्य क्रान्तिले त विश्व नै हल्लाई दिएको थियो भन्ने पनि पाएको थिएं तर खै त नेपालको हरेक राजनीतिक परिवर्तनले हाम्रो र यो समाजको मुहार फेरेको ? तर साच्चीकै भन्नुपर्दा राजनितिक परिवर्तन भन्नु नै पुरानो संस्कारमा परिवर्तन देखिनु हो । चलिरहेको संरचनामा फरक पन देखिनु हो ।

पुरानो संरचनाको निति नियममा नयाँपन भित्रयाउनु र आखीरमा सवै क्षेत्रलाई सिस्टममा चलाउनु हो । तर दुर्भाग्य नेपालीले त्यो सौभाग्य प्राप्त गर्न सकेनन् । हुनत म कुनै राजनीति कार्यकर्ता पनि होइन न त कुनै राजनीतिक विश्लेषक जे देखें त्यही कोरें एउटा सच्चा निष्ठा र इमान्दार ब्यक्ति जसले जसको आप्mनै विबेकपूर्ण विश्लेषण गर्ने जमर्को मात्रै गरेकी हुँ ।

यसै प्रसङगमा मैले समय वलवान छ भन्नुको पनि यथार्थ हिजो त्यही राज्य व्यवस्था जुन राणा, पञ्चायती र शाह वंशीयहरु वाट सञ्चालन गर्दा गलत भनेर थुप्रै आन्दोलन नभएको होइनन् यहाँ थुप्रै आन्दोलनको नेतृत्व गर्दै जेल, नेलका चिसो छिंडीहरुमा कयौ रात गुजारेका कठै हाम्रा नेताहरु जसले नेपालको मुहार परिवर्तन गर्नको लागी र नेपालको राजनीति परिवर्तनको लागी सामन्ती सोच र मानसिकतामा जकडी रहेकाहरुको अन्त्यकोलागी जनताको हक हित र सम्मानकोलागी लडेको विगुल फुक्ने हाम्रा परिवर्तनशील नेताहरुमा आज फेरी उही राजसी संस्कार र सुखले पछ्याइरहेको देख्दा उदेक लाग्छ ।

हिजो त्यही गलत सामन्ती राजाहरुले चलाएको संस्कार र व्यवहारलाई हु वहु नक्कल गर्ने केही नेताहरुको कारण साच्चीकैमा भन्नु पर्दा नेपाली जनताले विस्वास गर्ने कुनै आधार नै भएन र यसले  केवल निराशा मात्रै छायो ।

दशैमा चर्चा पाएको शितल निवास जसले सवैको दिमाग हल्लाउन सफल भयो । अझ यस्तो भनौ शितल निवास भित्रको रुपान्तरित नयाँ सामन्तबाद । कतै घँुडा टेकेर टिका लगाएको कुराले चर्चा पायो त कतै घुँडाको नरम छाला नै जाने गरेर घुँडा धसेको खै के हो कुन्नी लुगाको असहजता हो वा दर्शाएको सम्मान र आदर्श नागरीक वनेको हो मैले त्यति भ्याउनै पाउन सकीन ।

आफुले कलेज जिवनमा पढेको र अहिलेको परिवर्तनलाई स्वीकार्दै विद्यार्थीहरुलाई कलेजमा पढाउने गरेको छु । कुनै पनि राज्य आदर्श हुन समाज आदर्श हुनु पर्दछ र समाज आदर्शहुन नगरीक आदर्श हुनु नितान्त जरुरी छ ।

 तर यहाँ त यो पुष्ट्याइले अर्कै कुरा इंगित गरीरहेको छ । हिजोको श्री ६ लाई भगवान विष्णुको अवतारको रुपमा ब्याख्या गर्दै भगवानको दर्जा दिएको यही नेपाली समाज पुरानो नेपाली समाजका राजनीतिक नेताहरुलाई गलत लाग्यो र त्यसको अन्त्यकोलागी ठुलै कसरत भयो ।

फेरी आज त्यही संस्कार र त्यही राजसी सुख कसरी सही लाग्न सक्छ ?  यहि हो राजनीति परिवर्तन ? देवता (प्रभु) र प्रजा (जनता) मानेर लगाईदिन सुरु गरेको संस्कार ? आज फेरी गणतन्त्रात्मक नायकहरुले पनि प्राथमिकताको साथ अंगाल्नु निकै लाजमर्दो छ । यस्तै घटनाले गर्दा जनतामा कुनै ठुलो आशा र भरोसाको परिवर्तन महसुस गर्न नपाएको द्धोन्दात्मक अवस्था श्रृजना भएको छ ।

जनीतिक परिवर्तन गर्नको लागी विना सर्त होमिएका निस्वार्थी जनतालाई फेरी श्री ६ भन्दा अदृश्य श्री ६ र ७ को भय र आतंकले गर्दा हिजोको त्यही श्री ५ नै ठिक हो कि भन्ने लाग्न थालिसकेको कुरा हिजोकै प्रभु तर आज अदृश्य प्रभु (पुर्व राजा) संगै टिका लगाउन हिंडेको भिडले प्रतिकात्मक प्रतिनिधीत्व दर्शाएको भने पक्कै अड्कल काट्न सकिन्छ ।

यो सवै भन्दा समय वलवान भएकै कारण हो कि टिका लागईदिनु आफैमा गलत होइन, ठूला र मान्यजनवाट टिका थाप्नु र लगाईदिनु गलत पक्कै होइन त्यो हाम्रो संस्कार हो भनीरहदा त्यसलाई वढाई चढाई गरी टिका टालो कार्यक्रम ३,४ दिन नै गरिनु दुखद भने पक्कै हो । नेपाली जनताले देशको विकास र व्यवस्थापन, सिस्टम चाहन्छन् तपाईहरुको परिवर्तीत राजसी सुःख ठाँट होइन अपमानित शैलीमा टिका र जमरा लगाइदिनु आफैमा गलत हो । 

नता आदर्श भए मात्र राज्य आदर्श हुन्छ । यसमा कतै दुइमत छैन तर खै त राजनीति परिवर्तनले जनतालाई आदर्श बनाएको ?? दिन प्रतिदिनको बड्दो मुल्य बृद्धि, सामाजीक सुरक्षा, इतिहासकै फितलो शान्ती सुरक्षा, दिनदहाडै जनताका छोरा छोरीको हत्या, वलात्कार र अपहरणको सिकार हुन्छन् ।

जनताले चाहेको अदृश्य श्री ६ र ७ होइन समयमै चेतना भया । जनताको नेता वन्नुस प्रजाको राजा रानी होइन । यदि यस्तै कुराले निरन्तरता पाईरहयो भने जनताले आफै ब्याख्या गर्न सक्ने भएकाछन् नयाँ संस्कारको जन्म वा नयाँ वर्गको जन्म तपाई केवल त्यसको पाठकमा सिमीत बन्न नपरोस सवैको जय होस ।

लेखक आचार्य त्रि.वी.उप प्रध्यापक हुनुहुन्छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »