सरकारले अपराधीको संरक्षण गर्यो : देउवा

२९ भाद्र २०७५

banner

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डका अपराधीलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् । 

नेपाली काँग्रेस मोरङ काठमाडौं सम्पर्क समितिले मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले सरकारमा मानवीय संवेदनशीलतासमेत नभएको टिप्पणी गरे । 

नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘सरकारले निर्मला हत्याकाण्डलाई विशेष रुपमा नलिएर समान्य विषयका रुपमा लिएकोले अहिलेसम्म त्यस विषयमा छान्बिन गर्न सकेको छैन् । यसमा सरकारको निकै ठूलो कमजोरी छ ।’

देउवाले भने ‘सरकारले चाहेको भए हत्यारा तत्काल पत्ता लगाउन सक्थ्यो तर सरकारले अपराधीलाई संरक्षण दिएर घटनाको छानबिनमा आनाकानी गरिरहेको छ ।’

कार्यक्रममा उपस्थित अन्य नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले समेत निर्मला हत्याकाण्डको विषयमा कुरा उठाएका थिए । कार्यक्रममा निर्मला पन्तको बलात्कार र त्यस पश्चात भएको हत्याको अपराधी तत्काल कानुनको दायरामा ल्याउन सरकारलाई चेतावनीसमेत दिएका थिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »