ठमेलमा आयोजित नेहा कक्करको कार्यक्रम विवादमा, आयोजक पक्राउ

२७ जेठ २०७६
banner

काठमाडौँ । शनिवार ठमेलमा आयोजित चर्चित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा परेको छ । 

शनिबार कक्करको कार्यक्रम हेर्न ठमेल पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए ।

२५ सय दर्शक क्षमताको क्लबमा आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादमा परेको हो । 

कन्सर्टका लागि २,५०० इन्ट्री फि देखी टेवल वुक गर्दा २,५०,००० सम्मको रेट राखिएको थियो । 

कार्यक्रम हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक ब्यक्तीलाई पक्राउ गरेको हो ।

ताजा भिडियो

नेपालको क्लिन फिड नियमले भारतमा हल्लाखल्ला । Clean Feed ।

Tilicho Lake - Highest Lake in The World l तिलिचो ताल, मनाङ ।

गुठी विधेयक फिर्ता: मन्त्रीको प्रश्न, जुन चिज थियो, छिनेर लग्यो, अब के को खारेज ? Guthi Bill |

संसदमा सलामी मोहदेखि गलबन्दी विवादबारे चर्चा | Galabandi | Prakash Saput |