नेकपा तनहुँकाे सबै वडा कमिटी एकीकरण

२ बैशाख २०७६
banner

दमौली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ। नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो। 

तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

व्यास नगरपालिका–१० को अध्यक्षमा साबिक नेकपा माओवादी केन्द्रका हरिविलाश अधिकारी र देवका पौडेलले दाबी गरेका छन् भने शुक्लागण्डकी नगरपालिका–९ मा साबिक नेकपा एमालेका प्रेमबहादुर महत र डिलबहादुर महतले दाबी गरेका छन्। उक्त वडाका अध्यक्षको टुङ्गो लगाउने जिम्मेवारी साबिकको पार्टीका नेताले नै लिएको श्रेष्ठले जानकारी दिए।

बैठकले अन्य सबै वडाका अध्यक्ष र सचिवसहित वडा कमिटीमा रहने सदस्यको पनि टुङ्गो लगाएको छ। जिल्ला संयन्त्रले केही दिनअघि स्थानीय तहका संयन्त्रलाई वडा कमिटी एकीकरण पूरा गर्न सर्कुलर जारी गरेको थियो।

सोही अनुसार सबै स्थानीय तहले साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयन्त्रका सदस्यको भेला गराई वडा कमिटीमा रहनेको नाम जिल्ला संयन्त्रलाई सुझाव दिएको थियो। वडा कमिटीको एकीकरण पूरा भएपछि अब गाउँपालिका कमिटी र नगरपालिका कमिटीको एकीकरण गरिने सो पार्टीले जनाएको छ।

तनहुँका दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकाको कमिटी एकीकरण पूरा भइसकेको छ। आँबुखैरेनीमा प्रेम गुरुङ अध्यक्ष र रामबहादुर गुरुङ सचिव तथा ऋषिङमा गञ्जसिंह गुरुङ अध्यक्ष र वीरु थापा सचिव रहेको कमिटी सर्वसम्मत चयन गरी अनुमोदनका लागि जिल्ला संयन्त्र र प्रदेश कमिटीमा सिफारिश गरिएको छ।
 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |