वायुसेवा निगमको दुबई उडान रद्द, ६ कर्मचारीलाई कारावाही सिफारिस

३० चैत्र २०७५
banner

काठमाडौं । नेपाल वायुसेवा निगमको यही चैत १९ गते राती सवा नौ बजे काठमाडौं दुबई उडान रद्द गर्ने कर्मचारीलाई कारबाही सिफारिस भएको छ। 

निगमको उक्त उडान रद्द भएको विषयमा आवश्यक छानबिन गर्न बनेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वको एक समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ। पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको उक्त प्रतिवेदनमा सम्बन्धित निकायका छ जना कर्मचारीलाई विभागीय कारबाही गर्न समितिले किटानीसहित सिफारिस गरेको छ।

निगको उक्त उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुर्इ जना जिम्मेवार कर्मचारी, उडान रद्द भएपनि उपयुक्त कदम नचाल्ने नेपाल वायुसेवा निगमका विमानस्थल स्थित दुइ जना पदाधिकारी, उक्त समयमा ह्याङ्गर तथा पार्किङ वेमा जहाज ल्यउाने सन्दर्भमा कमजोरीगर्ने अर्को दुई कर्मचारीसहित ६ जनालाई कारवाही सिफारिश भएको छ। कारवाहीमा परेको कर्मचारीलाई सम्बन्धित कार्यालयले बिभागिय कारवाहीगर्ने भएकोले नाम सार्वजनिक नगरेको समिति संयोजक लामिछानेले बताए।

उनका अनुसार गत मंगलबार नोटामको समयमा फ्लाई दुबाईलाई उडान अनुमति दिने कर्मचारीलाई पनि कारवाही गर्न सिफारिश गरिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। एउटै प्रकृतिको घटनामा वायुसेवा निगमलाई उडान अनुमति नदिने र विदेशी वायुसेवालाई दिएको विषय उड्डयन मापदण्डसँग बाझिएकोले पनि फ्लाई दुबईको लागि उडान अनुमति दिने कर्मचारीलाई पनि कसुर बमोजिम कारबाही गर्न पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सिफारिश गरेको छ। साथै समितिले अगामी दिनमा हवाई उडान सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित निकायलाई १९ बुँदे सुझाव पनि दिएको छ।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |