ओलम्पिक छनोट : भारतलाई रोक्यो नेपालले

२२ कार्तिक २०७५
banner

काठमाडौं । जापानमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । म्यानमारमा बिहिबार भएको पहिलो खेलमा नेपालले भारतसंग १ - १ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

याङगोनस्थित थुवुन्ना स्टेडियममा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ११ औं मिनेटमा नेपालले कप्तान निरु थापाको गोलबाट अग्रता बनाएको थियो । 

तर, खेलको ३७ औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउदै भारतले बराबरी गोल फर्काएको थियो । भारतका लागि कमला देवीले गोल गर्दै भारतलाई खेलमा फर्काएकी थिइन् ।

त्यसपछि खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल १ - १ गोलको बराबरीमा सकिएको थियो  ।  बराबरीसंगै समूह 'सी' मा रहेको नेपाल र भारतले एक एक अंक जोडेका छन् ।

महिला फुटबलमा भारतविरुद्ध नेपालको यो दोस्रो बराबरी हो । नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । नेपालले यसअघि भारतसंगको आठ खेलमध्ये १ खेलमा बराबरी र ७खेल्म पराजय व्यहोरेको छ ।

नेपालले अब दोस्रो खेलमा आइतबार घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ । 

ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' र 'बी' मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह 'सी' र 'डी' मा चार चार टोली रहेका छन् ।

प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l