नेपालको विकासमा चीनको साथ रहने विश्वास    

१ जेठ २०७६
banner

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ सहयोग रहने अपेक्षा गरेका छन् ।उपराष्ट्रपतिसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले आज गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपालले छिमेकी मुलुक चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण र विकास नेपालको प्राथमिकता रहेको जानकारी गराउँदै उहाँले यी क्षेत्रमा लगानी गरेर नेपालको विकासमा सहयोग गर्न आग्रह गरे । “हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने सङ्कल्पका साथ अगाडि बढेका छौँ”, भेटमा उपराष्ट्रपतिले भने, “यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।”

भेटमा गभर्नर रेन्जियानले चीन र नेपालले विकास र समृद्धिका लागि एकआपसमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य रहने बताए । उनले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत्, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदनप्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताए । गभर्नर रेन्जियानले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |