नेपाल आइडलका टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत

२६ आश्विन २०७५

banner

काठमाडौं– सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टीसम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्।

आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ। दशैं तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा स्वयं कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि शसक्त भूमिका निर्वाह गरेका छन्।

गीतको शब्द विक्की महतले लेखका हुन् । ‘परदेशमा रहेर दशैं तिहारलाई सम्झिएर शब्द रचना गरेको हो’, उनी भन्छन्, ‘हजारौंको संख्यामा नेपाली युवाहरु विदेशी भूमिमा श्रम गर्न बाध्य छन्, उनीहरुको लागि के दशै के तिहार उनीहरुलाई पनि त यो चाडपर्वले कति छुँदो हो ? हाम्रो गीतले यहि कथा भन्छ।’

गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ। राजेश घिमिरेले खिचेको  भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्। देश तथा विदेशमा बस्ने नेपालीहरुले यो गीत औधी मन पराउने कलाकारहरुको दाबी छ। गीतका गायक तथा संगीतकारले सक्दो मेहेनत गरेर गीतको भिडियो तयार भएको निर्देशक आशिष प्रसाईले बताए।

(भिडियो)

Leave a reply

HTML Tags are not supported

Post My Comment »