भारतविरुद्धको वन डे क्रिकेटमा नेपालको १०० रन पूरा, सन्दिप अर्धशतक नजिक

२९ भाद्र २०७५

banner

काठमाडौं। भारतविरुद्धको अण्डर १९ युवा वन डे अन्तर्राष्ट्रियमा नेपालले ३१ ओभरमा १०० रन पूरा गरेको छ । नेपालका ओपनर रवि शाह ५ रनमै आउट भएपछि आएका तेस्रो क्रमका ब्याट्सम्यान रित गौतम र चौथो ब्याट्सम्यान आसिफ शेख शुन्यमै आउट हुँदा नेपालको इनिङ धर्मराएको थियो । तर अर्का ओपनर तीर्थराज दास र पाँचौं क्रमका ब्याट्सम्यान सन्दिप जोराको साझेदारीको मद्दतमा ३१ ओभरको खेल सकिँदासम्म नेपालले १०१ रन बनाएको हो ।

४ विकेटको क्षतिमा पाँचौं क्रममा ब्याटिङ गर्न आएका सन्दिप जोराले सम्हालिएर खेलेपछि अहिले नेपालको इनिङ सम्हालिएर अघि बढिरहेको छ । सन्दिप अहिले अर्धशतक नजिकै छन् । अर्धशतक नजिकै पुगेका ओपनर तीर्थराज दास भने ४६ रनमा आउट भएका छन् । सन्दिप अहिले ४४ रनमा खेलिरहेका छन् । सन्दिपलाई अर्को इण्डबाट भीम सार्कीले ६ रनसहित साथ दिइरहेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »