नेपाल–जापान डाइलग सिरिजको दोश्रो श्रृंखला सम्पन्न

२० मङ्सिर २०७५
banner

जापान । जापानमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु बीच सम्बन्ध विस्तार गर्ने र आफुले जापानबाट सिकेको ज्ञानलार्इ अरु माझ पुर्याउने हेतूले यही डिसेम्बर १ तारिक शनिबारको दिन नेपालको कृषिमा केन्द्रीत रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला इतो रिसर्च हल टोक्यो युनिभर्सिटीमा समापन भएको छ।

जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको कार्यक्रममा करिब ७५ जना जती नेपाली र जापानीहरुको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले यस्ता कार्यक्रम हरुमा राजदूताबासको सदैब सहयोग र सद्वाब रहने बताउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भर्खरै समापन भएको जापान भ्रमणमा पनि कृषिको बिषयमा जापानी निकायहरुसंग छलफल भएको अवगत गराउँदै डाइलग सिरिजको दोश्रो श्रृंखला समय सान्दर्भिक भएको जानकारी दिए।

४ घण्टा लामो कार्यक्रमलाई चार भागमा बिभाजन गरिएको थियो। कार्यक्रमका सहजकर्ता सिटिनेटका निर्देशक केन्द्र बरुआले नेपालमा हाल कृषिको अवस्था र यसलाई आधुनिकीकरण गर्न सकिने सम्भावनाहरु बताए।

पहिलो सत्रको पहिलो बक्ताको रुपमा हिरोशिमा युनिभर्सिटीका प्राध्यापक डा. केशवलाल महर्जनले नेपालको कृषिको वर्तमान अवस्था र जापानी कृषिबाट सिक्न सकिने प्राविधिक साथै व्यापारिक पक्षहरु अौल्याए।

दोश्रो बक्ता कुमामोतो युनिभर्सिटीका उप–प्राध्यापक डा. हरि देवकोटाले नेपाली जडीबुटीको जापानमा सम्भावनाबारे प्रकाश पारे। नेपाली हावापानी जडिबुटी उत्पादनको लागि उपयुक्त रहेको र जापानी नागरिकहरुले पनि नेपालको जडिबुटीबाट बनेका सामग्रीमा रुचि राख्ने बताउदै नेपालले  उच्च स्तरका जडिबुटी जापानलगायत अरु देशमा निर्यात गरिनु पर्नेमा जोड दिए।

दोश्रो सत्रमा जाइती संस्थाका अध्यक्ष तोशिकजु मारुयामाले जाइतिले सस्थाको नेपालमा गतिबिधि साथै नेपालमा जापानी प्रविधिले गरिएको कृषि विषयमा चर्चा गरे। त्यस्तै कावैसेन कृषि फर्मका संचालक मिनोरु कवाशिमाले नासपाती खेती र पोल्लेन खेतीका विषयमा धारणा राख्नु भएको थियो। उहाँले जापानी नासपातीको तुलनामा नेपाली नासपातीलार्इ किरा फत्यान्ग्राले कम नस्ट गर्ने र विभिन्न मौसममा पनि फल्न सक्ने गुणहरुको भएको अवगत गराउनु भएको थियो।

वार्षिक १/१ बिलियेन येन बराबरको पोल्लेन जापानले चीनबाट आयात गर्ने भएकोले येदि नेपालले पनि जापानलार्इ पोल्लेन निर्यात गर्ने सके जापानी र नेपाली नस्पातिको हाइब्रिड नासपाती उत्पादन गर्न सकिने बताए।

यस्तै तेस्रो सत्रमा मेबिओल कम्पनीका सिइओ डा. युइची मोरीले माटो बिना गर्न सकिने फिल्म खेतीको बारेमा चर्चा गरे। फिल्म प्रबिधिबाट फलाइने फलफूलहरु गुलियो र पौष्टिक हुने र यस् प्रविधिको मुख्य खर्च ग्रीन हाउसको खर्चले निर्धारण गर्ने बताए। कादिंचे कम्पनीका सिइओ डा.सोको आओकीले उहाको सस्था पाक एअर्थले नेपालको सिचाई प्रविधिमा गरिरहेको गतिविधिको विषयमा प्रकाश पारे।

कार्यक्रमको चौथो सत्रमा नेपालका लागि पूर्व जापानी राजदूत मासाशी ओगावाले नेपाल र जापानबीच हुन सक्ने कृषिका सहकार्य विषयमा चर्चा गरेका थिए। नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएकोले नेपालमा अब कृषि क्षेत्रमा विकास गर्न सहज हुने बताए।
 
त्यस्तै नेपाली दूतावासका मिनिस्टर काउन्सेलर कृष्णचन्द्र अर्यालले सबैलाई धन्यबाद ज्ञापन गर्दै राजदूताबाशको तर्फबाट यी सुझाबहरुलाई सम्बन्धित निकायमा पुर्याउन पहल गर्ने बताउनु भएको थियो।

कार्यक्रमको अन्त्यमा एहिमे युनिवेर्सिटीका सह प्राध्यापक नेत्र प्रकाश भण्डारीले प्रायोजक क्योदाई रेमिटान्स् (आइएमइ) लगायत अन्य सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए।

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I