काठमाडौंमै हत्या भएकी युवतीको हत्यारा पत्ता लगाउन सक्दैन प्रहरी

२६ भाद्र २०७५

banner

काठमाडौं । काठमाडौंको बसुन्धरास्थित एक गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी परियारको हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले अपराधी पक्राउ नगरेको भन्दै उनका परिवारले गुनासो गरेको छ । 

मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे हत्या गरिएको जघन्य अपराधमा पनि दोषी पत्ता नलागेको भन्दै दोषीलाई पक्रन आग्रह पनि गरेका छन् । पीडित परिवारले तत्काल अपराधी पहिचान गरि पक्राउ गरेर कानून अनुसार कडा कारबाही गर्न समेत माग गरेको छ ।

पीडित परिवारले भदौ ७ गतेबाट बेपत्ता भएर मृत भेटिएकी छोरीका हत्यारालाई प्रहरीले पहिचान गरेर पक्राउ गर्न नसकेको आरोप लगाएका हुन । छोरीको हत्यामा संलग्न भएको दाबी गर्दै किटानी दिँदासमेत हत्यारालाई प्रहरीले अहिलेससम्म पक्राउ नगरेको भन्दै मृतक नेपालीका बुबा तुलामान नेपालीले सरकारप्रति आक्रोश पोख्नुभयो ।यही भदौ ७ गते दिउँसो सम्पर्कविहीन भएकी लक्ष्मीको भदौ १५ गते गेस्टहाउसमा शव भेटिएको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »