भारतविरुद्धको वन डेमा १५ औं ओभरमा नेपालको ५० रन पूरा

२९ भाद्र २०७५
banner

काठमाडौं। भारतविरुद्धको अण्डर १९ युवा वन डे अन्तर्राष्ट्रियमा नेपालले १५ औं ओभरमा ५० रन पूरा गरेको छ । ओपनर तीर्थराज दासको सम्हालिएको इनिङको मद्दतमा १५ ओभरको खेल सकिँदासम्म नेपालले ५२ रन बनाएको हो । नेपालका अर्का ओपनर रवि शाह ५ रनमै आउट भएपछि आएका तेस्रो क्रमका ब्याट्सम्यान रित गौतम र चौथो ब्याट्सम्यान आसिफ शेख शुन्यमै आउट हुँदा नेपालको इनिङ धर्मराएको थियो । 

तीन विकेटको क्षतिमा पाँचौं क्रममा ब्याटिङ गर्न आएका सन्दिप जोराले सम्हालिएर खेलेपछि अहिले नेपालको इनिङ सम्हालिएर अघि बढिरहेको छ । अहिले ओपनर दास ३० र जोरा १७ रनमा खेलिरहेका छन् । २३ रनमै ३ विकेट गुमाएको नेपालको इनिङ सम्हाल्नको लागि यी दुईको बलियो साझेदारी अति आवश्यक देखिएको छ । अहिले सन्दिप जोरा आक्रामक खेलिरहेका छन् भने तीर्थराज दास सम्हालिएर खेलिरहेका छन् जसले नेपाल ठूलो स्कोरतर्फ उन्मुख छ । 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |