काँग्रेसको सडक आन्दोलन कार्यकर्तालाई विजनेश मात्र !

२१ माघ २०७५
banner

खेमराज थापा 
काँग्रेसले सोमबार देशका ७७ वटै जिल्लामा आन्दोलन गर्दा मंगलबार बिहानीको झुल्किने किरणमा कुनै तात्विक भिन्नता देखिनेछैन, देखिँदै । तर, यो आन्दोलनमा सँधैको एक नम्बरी काँग्रेसले फेरि बाजी मारेको छ । त्यो हो, ७७ वटै जिल्लामा एकै पटक आन्दोलन । किनकी देश संघीयतामा गएपछि जिल्लाको संख्या ७५ बाट बढेर ७७ पुगेको छ । ७७ जिल्ला बनेपछि कुनै पनि दलले एकै दिन यस्तो आन्दोलन गरेको छैन । त्यसहिसाबले काँग्रेसले एक पटक फेरि एक नम्बरी भएको पुष्टि गराएको छ। 

यस पटकको काँग्रेसको एक नम्बरी, २००७ साल, २०४६ तथा २०६२/६३ को जस्तो एक नम्बरी भने पटक्कै होइन । त्यतिबेलाका आन्दोलनको एक लक्ष्य थियो यो आन्दोलको कुनै लक्ष्य छैन, उद्देश्यमात्र छ । सोमबारको आन्दोलनले देशमा नयाँ रक्त संचार गराएन । उल्टै के का लागि आन्दोलनको जवाफ काँग्रेशले दिन सकेन । काँग्रेसले गर्ने आन्दोलन जनआन्दोलन भएका इतिहास छन् । तर, यो आन्दोलन काँग्रेस आन्दोलन पनि पूर्ण रुपले हुन सकेन । 

गएका तीन वटा चुनावमा नराम्रोसँग बजारिएपछि राज्य संचालनमा कुनै भूमिका नपाएपछि उकुसमुकस नेता कार्यकर्ताका लागि भने यो आन्दोलन संजीवनी बुटि बन्यो । किनकी हारको पीडा विर्सिर कर्कश आवाजमा सत्ताधारी र सरकारलाई आरोप लगाउने माध्यम बन्यो यो आन्दोल । आन्दोलनको सम्पूर्ण तयारीपछि आन्दोलनको अघिल्लो दिन काँग्रेस नेता तथा सांसद गगन थापाले प्रतिनिधिसभामा भनेका थिए, ‘सडक र सदनबाट चकित पार्छौ ।’

मलाई लाग्दै सोमबारको काँग्रेसको आन्दोलनले सरकार र सत्ताधारी दल चकित भयो, चकित त काँग्रेशमात्र भयो । काँग्रेसको चार तारे झण्डा मुनि गोलबद्ध मानिसहरुको भीड खासै उत्साहप्रदरुपमा आन्दोलनमा सहभागी भएको देखिएन । यो आन्दोलनबारे जासो,  सामान्य जनतामा देखियो, न सरकारमा । जब कुनै आन्दोलनबारे चासो यी दुई पक्षलाई हुँदैन अनि चकित त आन्दोलनका आयोजकमात्र हुने नै भए अरु किन चकित हुने? चकित पार्ने लक्ष्य बोकेको आन्दोलन भए पो चकित हुने । यो त नेता तथा कार्यकर्ताका लागि एक विजेनशमात्र थियो, हो । यसले समग्र नेपाली राजनीतिमा कुनै दुरगामी प्रभाव पार्ने लक्ष्य नै बोकेको थिएन, छैन । खुद्रा कुरामा काँग्रेसले देशैभरी आन्दोलन गरेर चकित पार्ने सोँच राख्नु नै आफै चकित पार्ने सोँच हो । 

खासमा सत्ता र सत्ताधारीलाई चकित पार्न आयोजना गरिएको आन्दोलनले काँग्रेस नै चकित पर्नुपर्ने कारण उसको आफ्नै विगत हो र वर्तमान अवस्था हो। दुई तिहाइको शक्तिशाली सरकारप्रति विस्तारै आशा मर्दै गएको भनिन्छ । तर, मलाई त्यस्तो लाग्दैन । किनकी यो आक्रोशमात्र हो। कुनै एक काम पनि यो सरकारले राम्रोसँग गर्यो भने त्यो आक्रोश सेलाएर जानेछ ।

यो सरकारले उत्साह हुनुपर्ने कुनै काम नगरे पनि खत्तम पारिहाल्ने कुनै काम गरेको छैन । गरेको छ त ओठे जवाफ । त्यहि ओठे जवाफका कारण सामाजिक सञ्जालमा सरकारप्रति हुने नकरात्मक बहसलाई आम जनताको विचारका रुपमा बुझ्नु काँग्रेसको गम्भीर त्रुटी हो । यहाँ सरकारले यो गलत गर्यो भनेर विरोध भएको छैन । गर्न सक्थ्यो तर, किन गरेन भनेरमात्र बहस शुरु भएको हो । र सामाजिक सञ्जालमा सक्रिय नकरात्मक सोँच भएकाहरुले जे मा पनि नकरात्मक टिप्पणी गर्ने हुँदा ओली सरकार अलोकप्रिय हुँदै गएको होकी भन्ने बुझाई काँग्रेसको वस्तुगत विश्लेषण होइन । किनकी यसअघि आफु सरकारमा हुँदा काँग्रेसप्रतिको धारणा पनि त्यस्तै थियो ।

त्यसैले अहिले नै आन्दोलन गर्नुपर्ने वातावरण नै बनेको थिएन, छैन । होला के खुद्रा कुरामा यो सरकार चुकेको होला, तर, त्यसका लागि सडक आन्दोलनभन्दा अन्य जागरणका कार्यक्रम गर्न सके काँग्रेसले फेरि जनतामाझ आफु जाने वातावरण बनाउन सक्थ्यो सक्छ । जनतालाई जागरुक नबनाई गरिने आन्दोलनले सत्ता र सत्ताधारी चकित पर्दैनन्, आफै चकित पर्नुपर्छ । काँग्रेसले यही नियति भोगेको छ । 

सोमबारको आन्दोलन कुनै आन्दोलन नभएर मरणको अवस्थामा पुगेको काँग्रेसका नेता कार्यकर्तालाई तरण दिने विजनेशमात्र बनेको छ । यो जनताको विजनेश बनेन । जबसम्म जनताको विजनेश आन्दोलन बन्दैन त्यो बेलासम्म आन्दोलनले कुनै सफलता पाउँदै र जबसम्म आन्दोलनको लक्ष्य जनमुखी हुँदैन तबसम्म त्यो आन्दोलन जनताको बिजनेश बन्न सक्दैन । 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l