इतिहास रच्ने नेपाली टोलीलाई रेड कार्पेट बिच्छ्याएर स्वागत, हेर्नुहोस् १८ फोटो र भिडियो

२१ माघ २०७५
banner

काठमाडौं। युएइमा वनडे र टि–२० सिरिज जितेर नयाँ इतिहास बनाएको नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको छ । टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट बिच्छ्याएर स्वागत गरिएको छ । टिमलाई स्वागत गर्न हजारौं फ्यानका बीच पारस खड्काका हजुरबुवा प्रेमबहादुर खड्का र पिता मोहन खड्का पुगेका थिए । उनीहरुले डिसीनेपालसँग विशेष कुराकानी गर्दै आफ्ना छोरा÷नातीको नेतृत्वमा खेलाडीहरुले दिलाएको सफलताले सिंगो देश हर्षित हुन पाएको भन्दै आफूहरुलाई गौरवको अनुभूति भएको बताए । 

पारसका हजुरबुवा प्रेमबहादुर ७० वर्षका वृद्ध हुन् र क्रिकेटका निकै ठूला फ्यान पनि हुन् । उनी सम्भव भएसम्म मैदानमै पुगेर खेल हेर्न रुचाउँछन् । नेपाली टोली विमानस्थलबाट बाहिरिनुअघि पारसका पिता मोहन र हजुरबुवा प्रेमबहादुर समर्थकसँग खुसी साट्दै पर्खेर बसे । नेपाली टोलीलाई स्वागत गर्न हजारौंको संख्यामा समर्थक र सयौं संचारकर्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

भिडियोः

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l