दार्जिलिङका गोर्खाहरू भन्छन्- आइ नो नेपाली न्यु इयर (भिडियो रोड शो)

१ बैशाख २०७६
banner

दार्जिलिङ । नेपालीभाषी बाहुल्य दार्जिलिङले नेपालको बारेमा कति जानकारी राख्दछ त? अर्थात यहाँका गोर्खेलाई नेपालबारे कति कुराहरू थाहा छ होला? त्यसमाथि नेपाली नयाँ वर्षको दिन आज यहाँ के के हुन्छ होला? यहाँका नेपालीभाषी गोर्खाहरूलाई नेपालको नयाँ वर्ष थाहा त छ? 
यस्तै जिज्ञासा लिएर हामी रोड शो मा निस्कियौं। नयाँ वर्षको पहिलो दिन भएकोले स्वाभाविक शुभकामना साटासाट त भयो नै, तर भेटेका मध्ये कतिले नेपाली नयाँ वर्ष थाहा भएको सुनाए, कतिले त के आज थाइल्याण्डको नयाँ वर्ष हो? भनेर सोधे। अमेरिकाको नयाँ वर्ष हो आज? भनेर पनि सोधे।

भेटेका मध्ये केहीले नयाँ वर्ष मनाउने बताए। कसरी मनाउँदै हुनुहुन्छ? हामीले सोध्यौँ। उत्तर आयो-  'कुखुरा काट्ने, ड्रिंक्स गर्ने मनाउने त हो, हामी नेपालीको सेलिब्रेसन यस्तै त हो।'

दार्जिलिङमा ४ दिनपछि आउँदो अप्रिल १८ तारिखमा लोकसभा चुनावको मतदान हुँदैछ। यही सन्दर्भमा चुनावी माहोल बुझ्न डिसी नेपाल टिम यतिबेला दार्जिलिङमा छ।

नेपाली नयाँ वर्ष बारे यहाँका गोर्खालीहरूसँग हामीले सडक संवाद गर्यौं र शुभकामना साटासाट गर्यौं। त्यही क्षणका रोचक दृश्यहरू हामीले क्यामेरामा उतारेका छौ।

हेर्नुस् दार्जिलिङमा नेपाली नयाँ वर्ष बारे गरिएको डिसी नेपाल रोड शोः

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।