नेपाल टी-ट्वान्टी महिला वरीयतामा समावेश

२६ आश्विन २०७५

banner

काठमाडौं । नेपाल आईसिसी महिला टी-ट्वान्टी क्रिकेटको वरीयतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसिसी० ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल परेको हो । 

टी-ट्वान्टीको नयाँ वरीयतामा नेपाल शीर्ष २० भित्र पर्दै १८ औं स्थानमा रहेको छ ।  ४६ राष्ट्रलाई समावेश गर्दै आईसिसीले निकालेको वरीयतामा नेपालले ११७ अंक पाएको छ । 

नेपाली महिला क्रिकेट पछिल्लो समय गुमनाम रहेको छ । तर, नेपालले एकदिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी-ट्वान्टी मान्यता रहेको छ । नेपालले पछिल्लो पटक गत मंसिरमा थाइल्याण्डमा भएको विश्व टी-ट्वान्टी एसिया छनोट खेलेको थियो ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।  अष्ट्रेलियाले २८० अंक पाएको छ ।  यस्तै न्युजिल्यान्ड दोस्रो, इंग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचौ स्थानमा रहेको छ । 

यस्तै दक्षिण अफ्रीका, पाकिस्तान, श्रीलंका, बंगलादेश र आयरल्याण्ड शीर्ष १० भित्र अटाएका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष