बाबुरामको प्रश्न : के नेपालमा त्यही ईतिहास दोहोरिन लागेको हो ?

२९ फाल्गुन २०७५
banner

काठमाडौं । फरक बाटोबाट समाजवाद स्थापना गर्ने भनि आन्दोलनमा होमिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएको छ।

सरकारले घोषित रुपमै प्रतिवन्ध लगाएपछि विविध प्रतिक्रिया उत्पन्न भएका छन्। बिप्लब नेकपा आपराधिक भन्दा राजनीतिक पार्टी रहेको भन्दै धेरैले विगतमा सरकारलाई वार्ता र सहमति मार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका थिए।

तर, प्रधानमन्त्रीले पटक पटक उक्त समुहका केहि हिंसामिश्रित गतिविधिलाई इंगित गर्दै लुटेरा समुहको उपमा दिए। मंगलबारमात्रै म्यानपावर व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त पार्टीसँग कुनै वार्ता नगर्ने अडान दोहेर्याएका थिए।

उक्त समूहप्रति प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति पछि सरकार उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको हो।

तत्कालीन माओवादीका कमाण्डर एवम् विप्लवका सहकर्मी समेत रहेका गृहमन्त्री रामबहादुर थापाले पेश गरेको ‘विप्लव समूहलाई प्रतिबन्ध गर्ने’ प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।

सरकारको यो निर्णय सँगै अव मुलुकमा कस्तै परिस्थिति सिर्जना हुन्छ ? गम्भिर प्रश्न उठेको छ।

रोचक प्रसंग त के छ भने अहिलेका सरकारका गृहमन्त्री बादल र विद्रोही नेकपाका महासचिव विप्लव लामो समयसम्म क्रन्तिका लागि भन्दै संगै हिडेका सहयात्री हुन्। धेरै कुरा उक्त पुरानो फोटोले पनि ब्याख्या गर्छ।

वि.स ०२४ फागुन ११ मा रोल्पा इरिबाङमा जन्मिएका चन्द पार्टी सत्तामा रहँदा समेत सरकारी कुनै पदका लागि बसेर काम गरेनन्। माओवादी शान्ति प्रक्रियामा आएदेखि उनी असन्तुष्ट रहेका थिए।

तत्कालिन नेतृत्व संसदीय अभ्यासमा फर्कनका लागि तयार भएपछि बरिष्ट नेता मोहन बैद्य किरणको नेतृत्वमा पार्टी खोले। उक्त पार्टी पनि पुरानै व्यवस्थामा फर्कने देखेपछि २०७१ मा वैद्यबाट अलग भएका चन्दले २०७३ फागुन १ मा नेकपा नामको पार्टी गठन गरेका थिए। हाल उनी भुमिगत छन् ।

माओवादीले थालेको ससस्त्र युद्धका पहलकर्ता मध्येका एक बाबुराम भट्राईले पछिल्लो घटनाक्रमबारे फेसबुकमा के ईंतिहास दोहोरिन लागेको हो भन्दै यस्तो लेखेका छन्।

'मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा !’

नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ१ एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ१

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला  Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो ! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो!

आखिर त्यसको परिणाम के भयोरु अन्ततस् दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो !

के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll