सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेन: नेता यादव

२ बैशाख २०७६
banner

काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

नेता यादवले दुई तिहाई बहुमतको सरकारले पनि सोचे अनुसार काम गर्न नसकेकाले विरोधमा आन्दोलनमा जाने निर्णय लिइएको पनि स्पष्ट पारे। उनले सरकार विरुद्धको आन्दोलनलाई परिणाममुखि बनाउन अन्य दलहरुसँग पनि सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सुदृढिकरण हुने गरी आफ्नो कामलाई अघि बढाउन सरकारलाई सचेत गराए।

नेता यादवले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको व्यवहार सबैलाई गर्न बाध्य बनाउने गरी आफ्नो पार्टीले बैचारिक अभियानको नेतृत्व गर्न चाहेको बताए।

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |