बन्दका दिन सिन्धुलीमा थिए विप्लव, प्रकाण्ड सल्यानमा

३० फाल्गुन २०७५
banner

काठमाडौं । नेत्र विक्रम चन्दको नेकपाले आफुमाथि सरकारले प्रतिबन्ध लगाएपछि पहिलो पटक बिहीबार नेपाल बन्द गर्यो । बिहीबार नेपाल बन्दको प्रभाव भने सामान्य रहेको थिए ।

यद्यपी विप्लवले बिहीबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

बन्दकै दिन विप्लव सिन्धुलीमा रहेको सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार विप्लव बिहीबार सिन्धुलीमा देखिएका थिए । यस्तै सो पार्टीका दोस्रो नेता खड्कबहादर बिक (प्रकाण्ड) सल्यानमा रहेका थिए । सिन्धुलीबाटै विप्लवले बन्दको अवलोकन गरेको सुरक्षा स्रोतले जनाएको छ । 

स्रोतका अनुसार हालसम्म विप्लवका ८४ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । हालसम्म एकजनामात्र केन्द्रीय सदस्य पक्राउ परेका छन् भने अन्य पक्राउ परेका व्यक्ति केन्द्रीय तहका होइनन् । ती पक्राउ परेका व्यक्तिबारे भने स्रोतले थप जानकारी दिएन ।

विस्वस्थ सुरक्षा स्रोतका अनुसार हालसम्म । केन्द्रिय सदस्य १ जनाm जनबर्गिय संगठनको केन्द्रिय अध्यक्ष एकजा, ९ जना महिला, ७५ जना पुरुष पक्राउ परेका छन् । यस्तै हतियार सहित २ जना पक्राउ छन् । यस्तै ८२ जना ल्लिा नेता तथा कार्यकर्ताहरु सहित ८४ जना पक्राउ परेका छन्।

बन्दका क्रममा बिहीबार बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएका थिए। गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको स्रोतले जनाएको छ । यस्तै रौतहटमा पनि संकास्पद वस्तु फेला परको छ । 

उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा अज्ञात समूहले आगजनी गरेको  स्रोतले जनाएको छ। यस्तै धादिङमा पनि ट्रकमा तोडफोड गरिएको छ। 

उता प्युठानको स्वर्गद्वारी नगरपालिका कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको थियो । यस्तै नवलपरासीमा महेन्द्रराजमार्ग अन्तर्गत  नारायणगढ–बुटवल खण्डमा शंकास्पद वस्तु राखिएको सुरक्षाकर्मीले फेला पारेका थिए । उता उदयपुरको कटारी नगरपालिका–२ देवीधापस्थित सडकमा प िशंकास्पद वस्तु फेला परेको थियो ।  

यता कास्की जिल्लाको पोखराको सभागृह चोकमा पनि शंकास्पद वस्तु फेला परेको छ। बुटवलको कालिकाचौकमा बिहीबार बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको  थियो । 

पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको थियो। ८–१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका थिए ।  यस्तै पुर्बी नवलपरासीमा ल्यापटपको ब्याट्रीमा बारुद हालेर राखेको बम समेत फेला परेको थियो । 

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |