चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक (भिडियो)

१२ पौष २०७५
banner

काठमाडौँ। चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ। 'एउटीलाई मुटुमा घर' बोलको गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको रहेको छ भने सङ्गीत पोखरेलले नै भरेका छन्। गीतको शब्द अम्बिका शर्माले लेखेकी हुन्।      

रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बन्दै गरेको फिल्म 'जानी नजानी' चैत्र १ मा रिलिज हुने छ । फिल्मबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यू गर्दैछन् । 

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, सन्नी सिंह, नम्रता श्रेष्ठ, रोशनी केसी लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा बस्नेत फिल्म नगरीमा डेब्यु गर्दैछिन्। 

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l