स्विडेनको राजधानी स्टकहोल्ममा नेपाली नयाँ वर्ष घुमधाम पूर्वक मनाइयो 

२ बैशाख २०७६
banner

राज कुमार पाठक

स्टकहोल्म । नयाँ बर्ष २०७६ को अवसर पारेर गैरआवासीय नेपाली संघ(एनआरएनए) स्वीडेनले शनिबार शुभकामना तथा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरेर घुमधाम पूर्वक मनाएको छ । 

स्विडेनको राजधानी स्कटहोल्म पुगेका चर्चित लोक दोहोरी गायिका तथा बेली डान्सर प्रिती आले तथा चर्चित फिल्मी गायक कृष्ण काफ्लेको साथै स्थानीय कलाकारले उपस्थित नेपाली तथा विदेशी पाहुनालाई मनोरञ्जन दिएका थिए ।

प्रमुख अथितिका रुपमा बोल्दै एनआरएनए आईसिसीका उपाध्यक्ष कुल आचार्यले यस्ता कार्यक्रमबाट नेपालीहरूलाई एकताको सूत्रमा बाँध्न सहज हुने प्रतिक्रिया दिए ।

कार्यक्रममा एनआरएनए आईसीसी सदस्य प्रवेश कुँवर, निवर्तमान अध्यक्ष चिरन्जिबी खरेल, संस्थापक अध्यक्ष नबिन थपलिया, पूर्व उपाध्यक्ष ब्रिजेश मैनाली, नेपाल मण्डबका निर्देशक सुवास अधिकारी, हेल्प नेपालका अध्यक्ष विकास ढकाल , हेल्प नेपाल (नेपालमा अवस्थित )का अध्यक्ष अरूण कुमार बस्नेत , गैरआवासीय नेपाली संघ स्विडेनका सल्लहाकार सदस्यहरू दिप थापा, शिब भुसाल (आकाश) तथा जानुका अन्डेरसनका साथ साथै कार्यक्रममा उपस्थित सबै दर्शकहरुले कार्यक्रमको खुबै प्रसंशा गरे ।

कार्यक्रममा स्थानीय कलाकार शर्मिला पाइजा, रुजुला गुरुङ, परिक्षा भट्टराई, प्रेरणा गुरुङ्ले नृत्य प्रस्तुत गरेर दर्शकलाई भरपुर नचाए । प्रिति र कृष्णले आफ्ना चर्चित गीतहरु सुनाउदा दर्शकहरु मन्त्रमुग्ध हुँदै सँगै मन्चमा रमाउन पुगेका थिए ।

कार्यक्रममा एनआरएनए–स्वीडेनका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुबीच भाइचाराको सम्बन्ध प्रगाढ हुनुका साथै नेपालीपन, नेपाली भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्वको प्रवर्द्धनमा सहयोग पुग्ने गरेको बताउनु को साथै उक्त कार्यक्रमबाट संकलित रकम नेपालका गाउँहरुमा परोपकारी कामहरूमा खर्च गरिने जानकारी समेत दिए ।

गैर अवासिय नेपाली संघ स्विडेनका महसचिब दिनेश श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन एनआरएन–स्वीडेनका सचिव राजकुमार पाठकले गरेका थिए भने सहसञ्चालकको रूपमा माया रोक्काले साथ दिएकी थिइन् ।

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।