वैदेशिक रोजगारमा श्रम स्वीृकति लिन थप समस्या, सेवाग्राही मर्कामा

१८ मङ्सिर २०७५

banner

काठमाडौं । वैदेशिक रोजगार विभागले आइतबारदेखि लागु हुनेगरी विभागका हरेक सेवामा अनलाईन सेवा शुरु गर्यो । तर, व्यवस्थाकीय तयारी नहुँदै शुरु गरिएको यो प्रणालीले सेवाग्राही भने थप मारमा परेका छन् ।

अनलाइन सेवा शुरु गर्दा विभागका महानिर्देशक यूवराज खतिवडाले अब लाइन बस्नु नपर्ने बताएका थिए । तर, मंगलबार विभागको ताहाचलस्थित कार्यालयमा भने भर्दगोल अवस्था देखियो ।

अनलाइन प्रणालीमार्फत निवेदन दिएकाहरुले पनि स लिन पनि मंगलबार घण्टौं लाइन बस्नुपर्यो । विभागको कमजोरी कारण कसैको फ्लाइटसमेत छुट्ने अवस्था आएको सेवाग्राहीले बताएका छन् । 

विभागले अनलाइन निवेदन दिएकाहरुलाई सेवाका लागि समय तोकेको छ । यसरी समय दिएर पनि सेवा नदिँदा सेवागा्रही भने मारमा परेका छन् ।  एक दिनमा ९ सयदेखि ९५० जनालाईमात्र सेवा दिने गरि विभागले समय तोक्ने गरेको छ । तर, आफैले दिएको समयमा पनि विभाग सेवा दिन असफल भएको हो । 

बिहानै ६ बजेदेखि लाइनमा बसेका सेवाग्राहीहरु दिउँसो २ बजेसम्म पनि लाइनमा नै भेटिएका थिए । दिउँसो ४ बजेको फ्लाइट भएका कतिपय सेवाग्राहीहरु दिउँसो २ बजेसम्म समेत श्रम विभागको गेटबाहिर नै भद्रगोल अबस्थामा थिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष