बाटोमै हराउँछ दुर्गमको औषधि, गाउँमा चरम अभाव
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

काठमाडौँ, २८ पुस - सरकारले विपन्न जनताको उपचारमा सहज् होस भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरेपनि औषधि बीच बाटोमै गायब हुने गरेको पाइएको छ।

औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा चर्को मूल्य तिर्न बाध्य छन्।

जिल्ला स्वास्थ्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका गाउँमा पुर्याउन समस्या भएको मुगु, खत्याडका रतनबहादुर शाही बताउँछन्। उनी भन्छन्, गाउँमा जहिल्यै औषधिको चरम अभाव हुन्छ सरकारले उपलब्ध गराएको निशुल्क औषधि त्यहाँ बिरलै पुग्ने गर्छ।

जिल्लाको सोरुकोट, नाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदरमुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग्ने समस्या देखिएको छ। आजको नागरिक दैनिकमा खबर छ।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)