तीस वर्षमा पाँच किलोमिटर सडक मात्रै सडक निर्माण !
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

काठमाडौं, २८ पुस - बैतडीको सिल्लेडाँडा-खलङ्खा सडक निर्माण सुरु भएको ३० वर्ष भयो। तर तीस वर्षको अवधिमा ५ किलोमिटर मात्रै सडक बनेको छ।

२०४३ सालमा निर्माण सुरु भएको उक्त सडक निर्माणका लागि आवश्यक बजेट बिनियोजन नुहँदा निर्माणमा समस्या भएको हो। सडक डिभिजन कार्यालयले गत वर्ष टेण्डर आहृवान गरेर उक्त सडकको ४० किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माण कार्य अघि बढाउन ठेकेदार सम्पनीसँग सम्झौता गरेको थियो।

सम्झौताको अवधि आगामी असारसम्म मात्र रहेको तर निर्माण कार्यमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ।

सरकारी कार्यालयको बेवास्ता र ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माण कार्य अघि नबढेको हो। यो सडक निर्माण भए बैतडीका १० भन्दा बढी गाविस सडक सञ्जालमा जोडिन्छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)