फेरि सरकार विस्तारको तयारीः थापा र गच्छदार उपप्रधानमन्त्री बन्ने
News Updated By- DCNepal    |   Posted From- Washington DC     |     January 12, 2017  

काठमाडौं, २८ पुस - प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरकार विस्तारको तयारी भएको हो।

संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पास गराउने र दीर्घकालिन गठबन्धन बनाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ। थापा र गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो।

तर यस विषयमा सत्तासाझेदार दलहरुबीच नै कुरा मिलेको छैन। मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा माओवादी केन्द्र र कांग्रेसबीच कुरा मिले पनि मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिलेको हो।

प्रधानमन्त्री दाहाल चारदिने युएईको भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्। उनी माघ १ गते उन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भाग लिन युएई जाँदै छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)