हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

काठमाडौं, २८ पुस - हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान सुचारु भएको छ।

बिहीबार बिहान भिजिविलिटि कम भएपछि प्रभावित भएको उडान अहिले सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ।

अहिले विमानस्थलको भिजिविलिटि १५०० मिटर पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान एक हजार मिटरमा झरेको थियो। भिजिबिलिटि बढेपछि नियमित उडान सुरु भएको हो।

अहिले पहाडी क्षेत्रको मौसम बदली भएको छ। बिहीबार पहाडी क्षेत्रको मौसम दिनभरी नै आशिंक बदली हुने उले बताए ।

मौसमविद श्रेष्ठका अनुसार मध्य र पूर्वी नेपालको मौसम शुक्रबारसम्म सफा हुनेछ। तर शनिबार पश्चिमी वायु सक्रिय हुने देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)