स्वरेजको १०० औं गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

एजेन्सी, २८ पुस - सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना गएका स्वारेजले बार्सिलोनाबाट एक सय गोल गरेका छन्।

स्वरेजको गोलसँगै बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ।

बधुबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। यससँगै बार्सिलोनाले समग्रमा ४–३ गोल अन्तरले विजयी भयो।

एथ्लेटिको बिल्बाओसँगको खेलमा ३५ औं मिनेटमा गरेको गोल बार्सिलोनाबाट स्वारेजको एक सयौं गोल हो। स्वारेजले सबै प्रतियोगितामा गरेर बार्सिलोनाका लागि एक सय २० खेलमा एक सय गोल गरेका हुन्।

स्वारेजले मेस्सीले भन्दा थोरै खेलमा एक सय गोल गरेका छन्। बार्सिलोनाका सर्वकालिन सर्वाधिक गोलकर्ता मेस्सीले एक सय गोल गर्न एक सय ८८ खेल खेल्नु परेको थियो।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)