घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

रुकुम, २८ पुस - घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ।

रुकुमको सिम्ली-१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो। गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते हुनुभएको थियो।

उहाँलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उहाँको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिनुभयो। मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उहाँले बताउनुभयो। रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)