डडेल्धुरामा जिप दुर्घटना, १५ जना घाइते
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

डडेल्धुरा, २८ पुस - डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो।

दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहँुदा गाडी मोड्न नसक्दा दुर्घटना भएको घाइतेको भनाइ रहेको छ।

जिपमा १० बोरा सिमेन्ट र एक क्विन्टलभन्दा बढी छड राखिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जिपमा मानिससँगै व्यापारिक प्रयोजनका सामग्रीसमेत बोक्ने गरेका छन् । डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक मापदण्ड विपरीत रहेकाले ग्रामीण क्षेत्रमा पटकपटक यातायातका सवारीसाधन दुर्घटना हुने गरेका छन्। रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)