दाङमा आँखा उपचारको अत्याधुनिक सेवा सुरु
News Updated By- DCNepal    |   Posted From- Washington DC     |     January 12, 2017  

दाङ, २८ पुस - दाङको आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको जनाएको छ। राप्ती आँखा अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभएको छ।

अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँचका, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरी सेवा सञ्चालन गरेको जनाएको छ। रु दुई करोड ५७ लाख लागतमा ती मेसिन औजार खरिद गरेको अस्पतालले जनाएको छ।

दाङका राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा एकै साथ आजदेखि सो सेवा गरेको वरिष्ठ नेत्रसहायक शालिकराम गौतमले बताउनुभयो। यही मेसिन औजार पहिले नहँुदा बिरामी रिफर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको उहाँले बताउनुभयो। “अब आँखाको सबै सेवा यहीँबाट सेवाग्राहीले पाउनेछन् पहिले रिफर गर्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो। रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)