मलेसियामा इलामेलीको मृत्यु
News Updated By- Radha Rokaha    |   Posted From- Washington DC     |     January 12, 2017  

इलाम, २८ पुस । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।


तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिनुभयो ।



मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ । बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ । रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)