३४ किलो सुन काण्डमा संलग्न भन्सारका २ अधिकृत पक्राउ
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     January 12, 2017  

काठमाडौं, २८ पुस - ३४ किलो सुन काण्डमा केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले थप दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान सिआइबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार दुई जना कर्मचारीलाई उनीहरुको घरबाटै पक्राउ गरेको सिआइबीको उच्च स्रोतले जनाएको छ।

पक्राउ पर्नेमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाल छन्। ३४ किलो सुनमा तस्करमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ।

यस अघि विमानस्थल भन्सार विभिागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्तोमा पाँच सदस्य छानविन समिति गठन गरी विभागले २९ जना कर्मचारीलाई काम बिहिन बनाएर अनुसन्धान थालेको थियो।

दुबईबाट एयर अरेवियाको जहाजमार्फत पुस २१ गते तस्करी गरेर ल्याएको ३४ किलो सुनसहित सिआइबीले पिंगलास्थानबाट नेपालगञ्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो। ठूलो मात्रामा सुन तस्करी भएको देखेपछि अनुसन्धान थालेको सिआइबीको टोली मोबाइल स्वीच अफ गरेर अनुसन्धानमा लागेको छ।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)