तीन दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त
News Updated By- Samiksha Pandey    |   Posted From- Nepal     |     January 12, 2017  

 मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट करिब ७०० जना लाभाविन्त भएका छन् ।

कोबाङमा यही पुस २५, २६ र २७ गते आयोजना गरिएको निःशुल्क शिविरमा १२ जना चिकित्सकले मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, जोमसोम, लेते, कोबाङका करिव ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको र एकै स्थानबाट स्वास्थ्य परीक्षणसहित विशेषज्ञ सेवा प्रदान गरिएको स्वास्थ्यकर्मी परिवारका अध्यक्ष विश्व शेरचनले बताउनुभयो ।

प्रेसर, युरिक एसिड, सुगर, हेपाटाइटिस, हाडजोर्नीजस्ता समस्या बढी देखिएको सो शिविरमा प्रेसरका बिरामीलाई तीन महिनासम्म निःशुल्क औषधि वितरण र ४०० जनाको भिडियो एक्सरे गरिएको अध्यक्ष शेरचनले जानकारी दिनुभयो ।

मायाँ भट्टचन, विनोद शेरचन, कविन भट्टचन, गोमा शेरचन, गोपी हीराचन, राजेन्द्र शेरचन, बिपी भट्टचनलगायतका चिकित्सकले शिविरमा सेवा सोवा पु¥याएका थिए । रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)