झापा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा चिसो बरन्डामा सुत्न बाध्य
News Updated By- Samiksha Pandey    |   Posted From- Nepal     |     January 12, 2017  

नियानी (झापा), २८ पुस । झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् ।

कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुन्त बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले जानकारी दिनुभयो ।

कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन् । एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा कैन्दीबन्दी बरन्डामा सुतिरहेको उहाँले बताउनुभयो । रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)