ट्र्याक्टर पल्टिँदा २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु, एक जना घाइते
News Updated By- Samiksha Pandey    |   Posted From- Nepal     |     January 12, 2017  

 जाजरकोट, २८ पुस । जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एकजनाको मृत्यु भएको छ ।

ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् ।

घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले वताउनुभयो । रासस

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)