प्रहरी हुँ भनी ठगी गर्ने युवक पक्राउ
News Updated By- Sandhya Paudel    |   Posted From- Nepal     |     January 12, 2017  

घटना विवरण:-
काठमाण्डौ उपत्यकामा विगत लामो समय देखि आफू अपराध अनुसन्धानमा कार्यरत प्रहरी हुँ भनि विभिन्न व्यक्ति (विशेषत: महिला)हरूलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्दै हिड्ने कार्यमा संलग्न गोपी कृष्ण खतिवडालाई अपराध महाशाखाको प्रहरी टोलीले मिति २०७३।०९।२८ गते पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति :-
नामथर : गोपी कृष्ण खतिवडा
उमेर  : २६ बर्ष
ठेगाना : जिल्ला सिन्धुपाल्चोक, सिन्धुकोट गा.वि.स.वडा नं.६
हाल : का.जि.मुलपानी

 

अनुसन्धानबाट खुल्न आएका कुराहरु :-
•    गोपी कृष्ण खतिवडालाई विनोद राज घिमिरे भन्ने व्यक्तिले राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी रू. १ लाख ५० हजार लिएकोमा जागिर नलगाई दिनुका साथै रकम पनि फिर्ता नदिएको ।
•    सोही कारणले पैसाको समस्या परेको कारण निजले आफूलाई प्रहरीको परिचय दिई विभिन्न महिलाहरूलाई विभिन्न माध्ययमद्वारा परिचय गरी जागिर लगाई दिने जस्ता आश्वासन देखाई रकम लिने गरेको ।
•    निजले हालसम्म ६ जना महिलाहरूलाई ठगी गरेको खुल्न आएको ।

 
 
 

More Daily Video News

Afternoon News, January 17, 2016

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व: सभापति देउवा(Afternoon News, January 17, 2016, Source: ABC TV)