जापानमा विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको भव्य कन्सर्ट हुँदै
News by- Photographer Bishnupriya Rijal    |   From- TOKYO     |     2017/01/15
 

टोकियो - स्वरले नै लोकप्रिय बनेका एक गायक हुन् विपुल क्षेत्री । स्वरले यस अर्थमा गित भन्दा म्युजिक भिडियोमा बढी मेहनत र लगानी खर्चेर चल्तीका बनिरहेका गायक भन्दा फरक छन् उनि अर्थात् विपुल ।

युट्युवमा मात्र उनलाई सब्सक्राइब गर्नेको संख्या ७८ हजार नाघिसकेको छ । राम साईलि, असार, सिन्डिकेट जस्ता गितलाई युट्युवमा दशौं लाख पटक सुनिसकिएको छ ।

त्यसो त उनको लोकप्रियता दाँज्ने र जाँच्ने यि नै एकमात्र आधार भने होइनन् । विना कुनै म्यूजिक भिडियो, केवल दुई एल्बम (इस्केचेज अफ दार्जिलिगं २०१४, मायाँ २०१६), त्यसमाथि विल्कुल फरक धारको नेपाली गित संगित ।

यसैको जगमा टेकेर सबै उमेर समुहको रोजाईमा पर्न सक्नु उनको वास्तविक संगितको कला हो । यस कारण लोकप्रिय छ विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड ।

विश्वविख्यात विश्वविद्यालयमा सांगितिक अध्ययन गरेका बिपुलको अगाडी पश्चिमा र भारतीय संगित क्षेत्रको कमाई र लोकप्रियताको अवसर बग्रेल्ति थिए र छन् ।

तर पनि मनै नेपाली तनै नेपाली भएपछि सबै फिक्का हुँदो रहेछ बिपुल भन्छन्-हिन्दी र अंग्रेजी भाषामा काम गर्न अहिलेसम्म रुचि जागेको छैन, म नेपाली हुँ र नेपाली संगीत नै मेरा निम्ति प्रिय छ, अबको मेरो जीवन नेपाली संगीतमै समर्पित रहनेछ ।

बसाईले भारत भएपनि विगुलकै शब्दमा भन्ने हो भने शरीरमा नेपाली रगत र श्रृजनामा नेपाली संगित बोक्दै नयाँ सांगितिक अध्याय कारिरहेका बिपुल आगामी महिना अर्थात् जनवरी १५ तारिखका दिन जापानमा रहेका नेपालीहरुका लागि सांगितिक मनोरञ्जन दिन आउने भएका छन् ।

बिदेसिएका नेपालीमा नेपाली भावना प्रगाढ हुन्छ, म त्यही नेपाली संस्कारमा हुर्किएँ, त्यसैले आफ्नोपन जाग्छ, अझ राम्रो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । यहि भावनाका साथ जापानमा रहेका नेपालीहरुका लागि नेपालीपन झल्कने मौलिक गित संगित पस्कन विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड आउन लागेको आयोजक गोरेटो प्रोडक्सन्स् टिमले टपनेपालन्युजडटकम लाई जानकारी दिएको छ ।


नेपालमा आधा दर्जन कन्सर्ट गरेका बिपुल नेपालसँगै भारतमा रहेका नेपालीबिच उत्तिकै लोकप्रिय छन् । दर्जन हाराहारीमा भारतका ठूला सहरमा कन्सर्ट गरिसकेको विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डले जनवरी १५ तारिखमा जापानमा रहेका नेपालीहरुका लागि विशेष प्रस्तुती गर्दैछ ।

आफ्ना लोकप्रिय दर्जन बढी गितसँगै केही नयाँ श्रृजना समेत पस्कने तयारीमा रहेको बताइएको कन्सर्टको तयारी र टिकट विक्रि धमाधम भइरहेको आयोजकले बताएको छ ।

जापानमा मुक्ति एण्ड रिभाइवल व्याण्डको हालसम्मकै भव्य नेपाली कन्सर्ट गरेको गोरेटो प्रोडक्सन्स्ले बिपुल र उनको व्याण्डको यस कन्सर्टलाई अझै उत्कृष्ठ बनाउने बताएको छ ।

नयाँ बर्षको शुभकामना सँगै जनवरी १५ तारिख आइतबारका दिन हुने कन्सर्ट टोकियो स्थित रुने कोदाइरा हल कोदाइरा स्टेशन नजिक गर्ने भएको छ ।

टोकियो सहित नजिकका शहरबाट समेत कन्सर्टमा आउनको लागि टिकट लिने क्रम बढेको भन्दै आयोजकले हालसम्म ३ सय बढी टिकट विक्रि भइसकेको भन्दै एक हजार दर्शक उपस्थित हुने लक्ष्य राखेको छ ।

साँझ ६ बजेबाट हुने कन्सर्टको लागि ४ बजेनै हल खुल्ला हुने र कन्सर्ट समयमै सुरु हुने भन्दै आयोजकले टिकट बुकिगं र विक्रि उत्साहजनक रहेकोमा हालसम्म टिकट लिनुभएका सबैलाई धन्यवाद सहित टिकट लिन चाहनुहुने सबैलाई समयमै लिगिदिन अनुरोध समेत गरेको छ ।


कार्यक्रमबारे आयोजकको जानकारी र सम्पर्क यहाँबाट गर्न सकिन्छ
Bipul Chettri & the travelling band live in JAPAN (TOKYO)!!!
Date: 2017 January 15th, Sunday
Venue: TOKYO (Rune Kodaira Hall)
Access: Kodaira Station
(Just 1 min walk from station)
24 mins to Kodaira station from Takadanobaba Station
Gate open at: 16:00 PM
Live Start: Sharp 17:00 PM
Ticket Price: ¥3500 (Advance)
¥4000 (On door)
For Booking Please Message Us.. Goreto Production