तमु प्ये ल्हु संघ, कुवेतले तमू ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) जनवरी १३ मा मनाउने
News by- Sandhya Paudel    |   From- Nepal     |     2017/01/13
 

कुवेत । तमू (गुरुङ) हरुको मौलिक तथा सास्कृतिक पर्व तमू ल्होसार यो बर्षको “प्र” ल्होसार(बाँदर वर्ग) को बिदाई र च्यह ल्होसार (चरा वर्ग) आगमन स्वागत लाई तमु प्ये ल्हु संघ, कुवेतले तमू ल्होसार तथा चेलिबेटी भोज(माँङी त्हे)एकैसाथ मनाउने भएको छ ।

आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष मनाउदै आएको तमु ल्होसार यसपाली पनि विबिध सांस्कृतिक कार्यक्रमको साथ मा तमु प्येल्हु संघ,कुवेतले जिलिबको विडिङ हलमा कुबेत बसी नेपाली दाजु भाई दिदी बहिनी हरुको साथ मा पृथक ढङ्गले मनाउने जानकारी तमु प्ये ल्हु संघ, कुवेत ले जानकारी दिएको छ ।

“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात (शास्त्र हराए संस्कार हराउँछ , संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नारा को साथमा बिगत ४ वर्ष अगाडि कुवेत मा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेत पनि तमु/गुरुङ हरुको मौलिक धर्म , संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ बारे जानकारी गराउने र कुवेत मा आफ्नो तमु मौलिक चाड पर्व हरु पनि मान्दै आएको छ ।

हाम्रो धर्म , हाम्रो संस्कार , हाम्रो चाडपर्व, हाम्रो रितिथिती, हाम्रो भाषा, भेषभुषा अन्य समुदाय मा पनि जानकारी होस भन्दै यो तमु को महान चाड तमु ल्होसार सभ्य र भब्य रुपले सफल पार्न कुवेत मा कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरुलाई पत्रद्वारा निमन्त्रणा पठाईएको र कुनै कारणबस पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई दिनुहुन तमु प्ये ल्हु संघ, कुवेत को अध्यक्ष गोपाल गुरुङ ले सबैमा अनुरोध गरेका छन् ।

मिति – १३ जनवरी २०१७ (शुक्रबार)
कार्यक्रम : तमु च्या ल्होसार
समय- बिहान ठिक १० बजे
स्थान – जिलिब वेडिंग हल (म्याकडोनल्स वा पुलिसचौकी पछाडी)
आयोजक – तमु प्येल्हु संघ, कुवेत