पीएसजीमा नेयमार खुशी छैनन्?

१० जेठ २०७६
banner

एजेन्सी । ब्राजिली स्टार ड्यानी आल्भेसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमार क्लबमा खुशी नभएको बताएका छन् । आल्भेस सम्मिलित पीएसजी च्याम्पिन्स लिग फुटबलको नकआउट चरणमा म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै बाहिरिएको थियो ।

क्लब सहकर्मी समेत आल्भेसले पहिलो पटक सार्वजनीक रुपमा पीएसजीका स्टार च्याम्पियन्स लिगको असफलताबाट असन्तुष्ट रहेको उल्लेख गरेका छन् ।

च्याम्पियन्स लिगमा उत्कृष्ट नतिजा हासिल गर्नु थोमस टुुचेल नेतृत्वको पीएसजीको मुख्य लक्ष्य थियो ।

प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै प्रिमियर लिग क्लब म्यान युनाईटेडले पीएसजीलाई स्तब्ध बनाएको थियो ।

पीएसजी घरेलु फुटबलका दुई कपमा समेत असफल भएको थियो ।

‘नेयमार निकै अस्थिर अवस्थामा छन् । उनी नतिजा चाहेकका छन् । तर उनले पाएका छैनन् ।’ आल्भेसले भनेका छन् ।

‘यदी नतिजा निस्किएको छैन भने स्पष्ट हुन्छ, उनी दुखी छन् ।’ उनले थपे ।

पीएसजी फरवार्ड नेयमारले च्याम्पियन्स लिगको अर्को सिजन तीन खेल गुमाउनेछन् ।

ब्राजिली स्टारले यस सिजन घरेलु फुटबलका तीन खेल गुमाउनेछन् । विपक्षी खेलका समर्थकमाथि मुक्का प्रहार गरेको भन्दै फ्रान्सेली फुटबल संघले उनीमाथि कारबाहीको निर्णय गरेको थियो ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli