पूर्वप्रेमिमकासँग च्याट गर्दै थिए निक, प्रियंकाले रंगेहात समातेपछि...

१ चैत्र २०७५
banner

मुम्बई। तीन महिनाअघि मात्रै विवाह बन्धनमा बाधिँएका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि अमेरिकामा बस्दै आएका छन् । प्रियंका केही दिनअघि भाइको विवाहको कार्यक्रममा भारत आउकी थिइन् । सञ्चार माध्यमहरुमा विभिन्न कारणले चर्चामा आइरहेका यो जोडीको फेरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । 

भाइरल हुनुको मुख्य कारण यतिवेला चाहिँ निककी पूर्वप्रमिका माइली साइरस हुन् । निकको र माइलीको सम्बन्ध प्रियंकासँग भेट्नुभन्दा अगाडिको हो । उनीहरु एकअर्कासँग डेट गरिरहेका थिए । माइलीले केही दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो । 

तस्बिरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् । फोटो सेयर गर्दै माइलीले ‘जब तपाईका पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर लेखिन् । फोटोको कमेन्टमा निकले ‘यो तस्बिर निकै हट छ’ भनेर लेखेका छन् । जब यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा... ‘हबी’ सही हो । यो फोेटो वास्तवमै हट छ ।’

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll