भोजपुरी गीतलाई यति मिठो रिमिक्स गरे नाइजेरियन गायकले, गीत सुन्नुस् मोहित बन्नुहुनेछ

२४ पौष २०७५
banner

काठमाडौं। नाइजेरियाका एक गायक अहिले भोजपुरी गीतका कारण चर्चामा छन् । सामुएल सिंह केही समय अगाडिदेखि भारतका क्षेत्रीय भाषाका गीतहरु गाउँदै आएका छन् । तमिल, तेलुगु, भोजपुरी, ओडिशा लगायतका क्षेत्रीय भाषाका गीतहरु गाउने सामुएलले हालै एउटा भोजपुरी गीत गाएका छन् । यो गीतलाई उनले ओरिजिनल गीतभन्दा केही फरक तरिकाले रिमिक्स गरेका छन् । १६ वर्ष पहिले मनोज तिवारीले गाएको भोजपुरी गीत ‘रिंकिया के पापा’लाई अहिले सामुएल सिंहले रिमिक्स गरेका हुन् । सुन्नुहोस् मनोज तिवारीको स्वरमा ओरिजिनल गीत –

अहिले सामुएलले त्यसको रिमिक्स बनाएका हुन् जसलाई धेरै मन पराइएको छ । रिंकिया के पापा गीत २००२ मा रिलिज भएको थियो । गायक, हिरो तथा राजनीतिज्ञ मनोत तिवारीको एलबम ‘पूरब के बेटा’मा यो गीत संग्रहित थियो । सामुएल सिंह २०१० मा क्यान्सरको उपचार गराउन भारत आएका थिए । क्यान्सरका कारण उनको बायाँ हात काट्नुपरेको थियो । भारत बस्ने क्रममा उनले भारतीय संगीत सुने र उनलाई यो मन पर्यो । सुन्नुहोस् सामुएल सिंहले रिमिक्स बनाएर गाएको गीत –

उनलाई खास गरी यहाँको क्षेत्रीय संगीत मन पर्यो । त्यसपछि २०१२ मा सामुएल पढ्नका लागि भारत आए । रिपोर्टका अनुसार उनले राजस्थानको जयपुरमा सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको एक कार्यक्रममा पवन सिंहको चर्चित भोजपुरी गीत ‘ललिपप लागेलू’ गाएका थिए । यो गीत गाउँदा दर्शकको उत्साह देखेपछि उनी गायन क्षेत्रमा अघि बढ्न थाले । अहिले युट्युबमा सामुएल सिंहको च्यानल छ जहाँ डेढ लाखभन्दा धेरै सब्सक्राइबर छन् ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l